काठमाडौं ।। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरे बिदा गएको मौका छोपी तस्करहरूले लाइन पाएका छन् ।
प्राप्त जानकारी अनुसार रौतहटको मठिया नाकाबाट धनराज, मिश्रीलाल र संजय नाम गरेका तस्करहरूलाई चिनी, मल र कपडा तस्करी गरी ल्याउन लाइन दिइएको छ ।
प्रहरी चौकी मठियाका इन्चार्ज प्रहरी सहायक निरीक्षक(असई) प्रमोद यादवमार्फत् डील भएपछि कार्यवाहक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीले तस्करीको लाइन दिएको स्रोतले दाबी गरेको छ ।
तस्करीको लाइन पाएलगत्तै तस्करहरूले सो नाकाबाट मोटरसाइकलमा चिनी, मल र कपडाको गाँठ नेपाल भित्र्याइरहेका छन् ।
प्रसनि यादवले जयनगर, बंकुल, मठिया, मोतीपुर लगायतका नाकाबाट भंसार राजस्व छली गरी तस्करी लाइन चलाउन तस्करहरूसँग समन्वय गरिदिएपछि तस्करहरूले उत्साहका साथ तस्करी गर्न थालेको बताइन्छ ।
त्यस्तै बेलबिछवा, महादेवपट्टी, ब्राह्मपुरी लगायतका नाका पनि यतिखेर तस्करका लागि खुल्ला गरिएको स्थानीयहरूले बताएका छन् ।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय रौतहटकी निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीसँग टेलिफोन सम्पर्क गरी बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहिनन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend