काठमाडौं ।। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरे बिदा गएको मौका छोपी तस्करहरूले लाइन पाएका छन् ।
प्राप्त जानकारी अनुसार रौतहटको मठिया नाकाबाट धनराज, मिश्रीलाल र संजय नाम गरेका तस्करहरूलाई चिनी, मल र कपडा तस्करी गरी ल्याउन लाइन दिइएको छ ।
प्रहरी चौकी मठियाका इन्चार्ज प्रहरी सहायक निरीक्षक(असई) प्रमोद यादवमार्फत् डील भएपछि कार्यवाहक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीले तस्करीको लाइन दिएको स्रोतले दाबी गरेको छ ।
तस्करीको लाइन पाएलगत्तै तस्करहरूले सो नाकाबाट मोटरसाइकलमा चिनी, मल र कपडाको गाँठ नेपाल भित्र्याइरहेका छन् ।
प्रसनि यादवले जयनगर, बंकुल, मठिया, मोतीपुर लगायतका नाकाबाट भंसार राजस्व छली गरी तस्करी लाइन चलाउन तस्करहरूसँग समन्वय गरिदिएपछि तस्करहरूले उत्साहका साथ तस्करी गर्न थालेको बताइन्छ ।
त्यस्तै बेलबिछवा, महादेवपट्टी, ब्राह्मपुरी लगायतका नाका पनि यतिखेर तस्करका लागि खुल्ला गरिएको स्थानीयहरूले बताएका छन् ।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय रौतहटकी निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीसँग टेलिफोन सम्पर्क गरी बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहिनन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend