Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५ सातापछि चीनमा कोरोना संक्रमित फेला परे


    सोमबार, बैशाख १ २०७७
    645
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १ बैशाख। चीनमा एकै दिन १ सय ८ जना नयाँ संक्रमित फेला परेका छन् ।  ५ सातापछि पहिलोपटक एकैदिनमै १ सयभन्दा धेरै नयाँ संक्रमित भेटिएको चीनको नेसनल हेल्थ कमिसनले सार्वजनिक गरेको हो ।

    संख्याको हिसाबमा अन्य मुलुकको तुलनामा यो ठूलो संख्या होइन । तर पछिल्लो केही दिनयता चीनमा नयाँ संक्रमितको संख्या बढिरहेको छ । यो भने चीनको लागि टाउको दुखाइको विषय बन्न सक्छ ।

    बीबीसीका अनुसार, चीनमा आइतबार पाइएका सबै संक्रमित विदेशबाट फर्किएका चिनियाँ नागरिक थिए । जसमध्ये आधाभन्दा धेरै उत्तरी प्रान्त हिलोगजियाङका मानिसहरु छन् । यो प्रान्त रुससँग जोडिएको प्रान्त हो । यो प्रान्तमा भेटिएका सबै संक्रमित रुसबाट आएका मानिसहरु थिए । चीनले अन्तर्राष्ट्रिय यात्रामा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । यद्यपि, भाइरसका संक्रमितको संख्या भने पूर्ण रूपमा सकिएको छैन ।

    भाइरसको उद्गमस्थल वुहानमा भने कुनै नयाँ संक्रमित फेला परेका छैनन् । तर, आइतबार वुहानमा भाइरसको कारण दुईजनाको मृत्यु भएको छ । चीन सरकारले वुहानलाई भाइरसबाट सुरक्षित बनेको भन्दै खुला गर्ने निर्णय गरिसकेको छ ।

    चीनमा यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या ८२ हजार एक सय ६० पुगेको छ । साथै यसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय ४१ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार