Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीकी एक महिलामा कोरोना संक्रमणः नेपालमा संक्रमितको संख्या १३ पुग्यो


    सोमबार, बैशाख १ २०७७
    575
    Shares
  • १ मिनेट पाठ
  •  धनगढी, १ वैशाख । कैलालीको लम्की चुहामा ५५ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण भेटिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । शनिबार बीरगंजको एक मस्जिदमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको थियो भने आइतबार कैलालीमा देखिएको हो । २ दिनमा कोरोना संक्रमित ४ थपिएका छन् । यसले नेपालमा पनि क्रमशः कोरोना संक्रमण फैलिने त्रास बढेको छ ।

    १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकी महिलामा कोरोना पोजेटिभ देखिएको हो । । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार