काठमाडौं, ३० चैत । हिमालय एयरलाइन्सले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ प्रदान गरेको छ ।
उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आइतबार रकम हस्तान्तरण गरेको हो ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले रकम हस्तान्तरण गरेका हुन् । यसअघि यति एयरलाइन्सले समेत कोरोना कोषमा १ करोड प्रदान गरेको थियो ।
यता वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघ नेपालले पनि २५ लाख रुपैयाँ कोरोना कोषमा जम्मा गरेको थियो । हिमालयन एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा खुलेको कम्पनी हो ।