Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्यबृद्धि हालसम्मकै उच्च, प्रतितोला १ हजारले बढ्यो


    आइतबार, असार २४ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनको मूल्यबृृद्धिले एक महिनायताकै रेकर्ड तोेडेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बृद्धि भएको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्यबृद्धि हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअगाडि गएको जेठ २५ गते सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ प्रतितोला पुगेर रेकर्ड बनेको थियो । त्यो रेकर्ड आजको मूल्यबृद्धिले तोडिएको छ ।

    त्यसैगरी चाँदीको मूल्य आइतबार तोलामा २० रुपैयाँ बृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार ८७० रहेकोमा आइतबार १ हजार ८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार