काठमाडौं । एमालेले समर्थन फिर्ता लिइसकेपछि कामचलाउको हैसियतमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता बहिर्गमन हुने सुनिश्चिततासँगै प्रधानमन्त्री कार्यालय अन्तर्गतका राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जस्ता निकायको आतंकबाट ब्यापारीहरुले थोरै भए पनि राहत महसुस गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयमा प्रमुख स्वकीय सचिवको भूमिकामा रहेकी उनकी छोरी गंगा दाहालले हरेक मन्त्रालयका शाखा अधिकृत र नायबसुब्बाको सरुवामा समेत हस्तक्षेप गरेपछि मन्त्रीहरु नै आजित भएका थिए । त्यसो त गंगाको शक्तिको दुरुपयोगले पार्टीलाई रसातलमा पुर्याउने निष्कर्षका साथ माओवादी नेता हरिबोल गजुरेलले प्रधानमन्त्रीको सल्लाहकार पदबाटै एक बर्षअघि नै राजीनामा दिएका थिए ।
गंगाले बालुवाटरमा गरेको शक्तिको दुरुपयोग विगतमा आरजु राणा र सुजाताको भन्दा बढी चर्को भएको महसुस गर्र्दै हरिबोलले राजीनामा दिएका थिए । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाको नाममा डिपार्टमेन्टल स्टोरमा करोडौं बार्गेनिङ गर्ने उपेन्द्र शाही गंगाबाटै परिचालित थिए । गंगासँग सोझै सम्पर्क भएका र अख्तियारका आयुक्तदेखि अर्थमन्त्री, ऊर्जामन्त्रीसँग ह्यान्डस् फ्रीमा कुरा गर्ने शाहीले यसभन्दा अघिका राजस्व अनुसन्धानका महानिर्देशकहरुको पनि बिचौलियाको रुपमा ब्यापारीसँग डिल गर्ने गरेका थिए ।
गंगाको निर्देशनमै शाहीलाई स्पेस दिंदा आफू विवादमा परेको दुखेसो बुढाले विभिन्न ठाउँमा पोख्दै हिंडेका छन् । राजस्वमात्र होइन, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका यसअघिका महानिर्देशक पुष्प शाही पनि उपेन्द्रकै डिजाइनमा चल्दा विवादमा परेका थिए । उपेन्द्रको सेटिङअनुसार चल्न थालेपछि पुष्प शाही सम्पत्तिमा निकै विवादमा परेका थिए । र, सम्पत्तिमा शाहीको अतिचार बढेपछि बालुवाटारले उनलाई सरुवा गर्न बाध्य भएको थियो ।
बालुवाटारले सरुवा नगरेको भए शाही र बुढा अख्तियार प्रमुख प्रेमकुमार राईको स्टीङ अप्रेसनमा पर्ने निश्चित थियो । तर राज्यब्यवस्था समितिका सभापति रामहरि खतिवडाले संसदमा उपेन्द्र शाहीको चर्तिकला उजागर गरेपछि चक्र बुढा अख्तियारको स्टीङ अप्रेसनबाट बचेका थिए ।
उपेन्द्र शाहीमार्फत् उजुरी लिंदै डीजी पुष्प शाहीले धेरैलाई दिनुसम्म दुःख दिएका थिए । महानिर्देशक शाहीले उजुरीमा मोलतोल गर्ने गोरखधन्दा चलाएका थिए । यो धन्दा हालसम्म पनि रोकिएको छैन ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend