Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्दै


    बिहिबार, असार २१ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

    असार १६ गतेदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन लागेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । नेपालले पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिदै नेतृत्वको चयन सर्वसम्मत हुने बताएका हुन् ।

    अध्यक्षमा नेपाल र महासचिव घनश्याम भुसालको दाबेदारी रहेकोमा भुसालले नेपाललाई छोड्न तयार भएको बताइएको छ । अध्यक्षमा दाबी गरेका भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिवमध्ये एक पद रोज्न भनिएको छ ।

    अध्यक्षमा सर्वसम्मत हुने भएसँगै अन्य पदमा समेत निर्वाचन नहुने भएको छ । अहिले नेताहरुले अन्य पदमा पनि सर्वसम्मत चयनको तयारी गरिरहेको र आज साँझसम्म नै सर्वसम्मत नेतृत्व घोषणा हुनसक्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार