काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक गरेको छ । काठमाडौँको कमलादीमा जारी एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार निर्वाचन निर्देशिका सार्वजनिक गरेको हो ।
पार्टीको अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका २०८१ तय गरिएको छ ।
निर्देशिकामा एकीकृत समाजवादीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा हरेक जिल्लाबाट एकजना, प्रदेशबाट २५ सय संगठित सदस्यबाट एक जना, समावेशी क्षेत्रबाट ७० जना, पदाधिकारीसहित खुलाबाट ८० जना, भूगोल लगायत विभिन्न कार्यक्षेत्र, समवेशी र खुला निर्वाचन क्षेत्रबाट निर्वाचन गर्दा ३३ प्रतिशत महिलालाई आरक्षण गर्ने उल्लेख छ ।
त्यस्तै महिला लगायत सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५ देखि ४५ बर्ष उमेर समुहलाई आरक्षण गर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशका अनुसार एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा कोशी र मधेश प्रदेशबाट २१-२१ जना, बागमती प्रदेशबाट २३ जना, गण्डकीबाट १५ जना, लुम्बिनिबाट १८ जना, कर्णाली प्रदेशबाट १९ जना, सुदूरपश्चिमबाट १६ जना, पेशागतबाट ६ जना, सम्पर्क समितिबाट ८ जना, भारत प्रवासबाट एक जना, समावेशीबाट ७० जान र खुलाबाट ८० जना गरी २९९ जना आउने भएका छन् ।
महाधिवेशनमा विभिन्न दस्ताबेजमाथिको छलफल सकेर निष्कर्ष सुनाउने क्रम जारी छ । छलफलको निष्कर्ष सुनाएपछि हलबाट दस्ताबेज पारित गर्ने कार्यक्रम रहेको छ । त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend