Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिदुर बन्ने कि सकुनी ?


    आइतबार, चैत्र ३० २०७६
    2.8K
    Shares
  • ३ मिनेट पाठ
  •  दुर्योधनका कारण धृतराष्ट्रपुत्र तथा पाण्डवपुत्रका बीच कटुता शुरूमात्र भएन दुर्योधनपक्ष पाण्डवहरूलाई सखापै पार्ने षड्यन्त्रमा लाग्न पुग्यो । महाराज धृतराष्ट्र बाहिर बाहिर पाण्डवहरूसँग पनि पुत्रवत ब्यवहार गरेको देखाउन चाहन्थे तर उनी पनि दुर्योधन, सकुनी कर्णहरूका कुरा काट्न सक्दैनथे । उनी पुत्रमोहले बसिभूत थिए । त्यसैले दुर्योधनहरुको पक्षमा लागेर पाण्डुकुमारहरूलाई वारणावत जान बाध्य बनाए । पाण्डवहरू बसेको लाक्षागृहमा आगो लगाइयो ।

    दुर्याेधन आदि रमाए । पाण्डवहरू माता कुन्ती जलेर भष्म भएपनि पाण्डवरू बाँचेका थिए । महाराज धृतराष्ट्रले पाण्डवहरूलाई हस्तिनापुर बोलाउन बिदुरलाई खटाए । पाण्डवहरू हस्तिनापुर आए । आधा राज्य लिन स्वीकार गरे । राम्रो काम गरे । पाण्डवहरूको यश चारैतिर फैलिएको सहन नसकेर दुर्योधनले कपटी जुवा खेलाउने र राज्य छिन्ने षड्यन्त्र गरे । पाण्डवहरूलाई बोलाउने जिम्मा माहात्मा बिदुरलाई नै दिइयो ।

    जुवा खेल्न खेलाउनुहुन्न भन्ने बिदुरको बिन्ती धृतराष्ट्र पक्षले सुनेन । जुवा खेलाइयो, खेलियो । उनीहरुलाई छलपूर्ण तबरले हराइयो । पाण्डवहरू सर्वस्व हारे, द्रौपदीको बस्त्रहरण भो, पाण्डवहरू बनबास र गुप्तबास गए । त्यतिबेला सही सल्लाहकार बिदुरले धृतराष्ट्रलाई भनेका छन्– महाराज तपाईका छोराहरूको छलकपटपूर्ण कार्यले पाण्डवहरूको सर्वस्व हरण भो तापनि उनीहरू बिचलित छैनन् । पाण्डवहरू बनबास गएपछि धृतराष्ट्रलाई पश्चतापले सतायो ।  सबै आफन्त र बिदुरलाई बोलाए, आमनागरिकहरू हाम्रो मात्र बिरोध गर्छन् । किन मैले के गर्दा ठिक हुन्छ बिदुर ? बिदुरले आफ्नो बिचार राखे– पाण्डवहरूलाई बोलाएर मेलमिलाप गरेर उनीहरूको राज्य फिर्ता दिनुपर्छ । दुर्योधनले पनि उनीहरुलाई राम्रो ब्यवहार गर्नुपर्छ । साथै सकुनीबाट सजग रहनुपर्छ । तर धृतराष्ट्रले बिदुरको सल्लाह मानेनन् ।

    बिदुरले अन्तिम अस्त्र प्रहार सरह कुन्तीकहा गएर कर्णलाई सम्झाउन समेत भनेका छन् । तर युद्ध रोकिएन । अन्ततः युद्धमा सत्यको पक्षमा लाग्ने पाण्डवहरूको जीत भयो । बेलैमा बिदुरको सल्लाह नमान्दा धृतराष्ट्र र उनकी पत्नी बनबास जानुपर्यो । यी पात्र र प्रबृत्ति महाभारतका हुन् । हाम्रो राजनीतिक घटनाक्रमसँग मेल खाएमा संयोग मात्र ठानिदिनुहोला !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार