Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, असार १९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ ।

    यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो ।

    त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार