Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेन साहको आडमा राजु पाण्डेको दादागिरी, इगो साँध्न हाकिमका बिरुद्ध मिडियाबाजी


    मंगलबार, असार १२ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख  राजु पाण्डेले वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठसँग इगो साँध्न मर्मतका लागि मैतीदेवीस्थित घरमा राखेको गाडी खोसेपछि कामपाका उच्चतहका कर्मचारीले विरोध गरेका छन् । महानगरका कर्मचारीहरु पाण्डेको यस्तो हर्कतबाट आक्रोशित भएका छन् ।

    अघिल्ला प्रहरी प्रमुख धनपति सापकोटालाई हटाएर प्रहरीमा राज गर्न पाएका पाण्डेले आफ्नो गाडी सोल्टी होटलमा राखेर अनुगमनमा प्रयोग हुने गरेको गाडी खोसेका छन् ।

    अधिकांश कर्मचारीले आफूले प्रयोग गर्ने सवारी  साधन घर लैजाने गरेका छन् । विभागीय प्रमुख श्रेष्ठले आफैं चढ्ने गाडी बिग्रिएपछि घरमा राखेका थिए । प्रहरी प्रमुख पाण्डेले सो गाडी बालाजुमा भेटिएको र श्रीमतीले चढ्ने  गरेको आरोप लगाउँदै मिडियामा घरको फोटोसहित समाचार दिएका थिए ।

    पाण्डेले मिडियाबाजी गरेपछि कर्मचारीले पाण्डेको नियतमाथि प्रश्न उठाएका छन् । पाण्डेले प्रहरी उपरीक्षक दिनेश अर्याललाई गाडी फिर्ता लिन पठाएका थिए । त्यसक्रममा प्रहरीले प्रपोगाण्डा गर्दै गाडीमा चामलको बोरा समेत रहेको आरोप लगाएका थिए । पाण्डे र प्रहरीले श्रेष्ठमाथि  गलत  आरोप लगाएर गाडी फिर्ता ल्याएको  पुष्टी गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आज श्रेष्ठको हातमा साँचो दिनुभएको थियो ।

    मेयर बालेन्द्र साहलाई कुरा लगाएर साँचो खोसेका प्रहरी प्रमुख पाण्डेले गल्ती गरेको मेयरको सचिवालयले बताएको छ । अन्य विभागीय प्रमुखले अनुगमन गर्दा सोही सवारी साधन प्रयोग गर्ने गरेका थिए । पाण्डेले आफूलाई मन नपर्ने विभागीय प्रमुखविरुद्ध कुरा लगाएर विभाग नै परिवर्तन गर्न लगाउने गरेका छन् ।

    पाण्डे र केही कर्मचारीले मेयर साहलाई कुरा लगाएर पछिल्लो दुई दशकदेखि कामपाको ९ औं तहमा कार्यरत महेश काफ्लेलाई हेटौंडा उपमहानगरपालिकामा सरुवा गर्न सफल भएका छन् । अहिले महानगरमा कानुन विभाग प्रमुख वसन्त आचार्य र राजु पाण्डेको हालीमुहाली चलेको छ ।

    मेयरलाई सुटुक्क कुरा लगाएर आफूलाई मन नपर्ने कर्मचारीमाथि शुरुमा कारबाही गर्न लगाउने र कारबाही पछि  सरुवा गर्न समेत लगाउने  गरेका छन् । अहिले कामपामा यस्तो चर्चा हुने गरेको छ–पाण्डे र आचार्यलाई नजिस्काउनू है, कारबाहीमा परिएला । हाल कामपाका अधिकांश कर्मचारी प्रहरी प्रमुख पाण्डेको प्रबृत्तिबाट आजित हुन थालो छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार