काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठसँग इगो साँध्न मर्मतका लागि मैतीदेवीस्थित घरमा राखेको गाडी खोसेपछि कामपाका उच्चतहका कर्मचारीले विरोध गरेका छन् । महानगरका कर्मचारीहरु पाण्डेको यस्तो हर्कतबाट आक्रोशित भएका छन् ।
अघिल्ला प्रहरी प्रमुख धनपति सापकोटालाई हटाएर प्रहरीमा राज गर्न पाएका पाण्डेले आफ्नो गाडी सोल्टी होटलमा राखेर अनुगमनमा प्रयोग हुने गरेको गाडी खोसेका छन् ।
अधिकांश कर्मचारीले आफूले प्रयोग गर्ने सवारी साधन घर लैजाने गरेका छन् । विभागीय प्रमुख श्रेष्ठले आफैं चढ्ने गाडी बिग्रिएपछि घरमा राखेका थिए । प्रहरी प्रमुख पाण्डेले सो गाडी बालाजुमा भेटिएको र श्रीमतीले चढ्ने गरेको आरोप लगाउँदै मिडियामा घरको फोटोसहित समाचार दिएका थिए ।
पाण्डेले मिडियाबाजी गरेपछि कर्मचारीले पाण्डेको नियतमाथि प्रश्न उठाएका छन् । पाण्डेले प्रहरी उपरीक्षक दिनेश अर्याललाई गाडी फिर्ता लिन पठाएका थिए । त्यसक्रममा प्रहरीले प्रपोगाण्डा गर्दै गाडीमा चामलको बोरा समेत रहेको आरोप लगाएका थिए । पाण्डे र प्रहरीले श्रेष्ठमाथि गलत आरोप लगाएर गाडी फिर्ता ल्याएको पुष्टी गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आज श्रेष्ठको हातमा साँचो दिनुभएको थियो ।
मेयर बालेन्द्र साहलाई कुरा लगाएर साँचो खोसेका प्रहरी प्रमुख पाण्डेले गल्ती गरेको मेयरको सचिवालयले बताएको छ । अन्य विभागीय प्रमुखले अनुगमन गर्दा सोही सवारी साधन प्रयोग गर्ने गरेका थिए । पाण्डेले आफूलाई मन नपर्ने विभागीय प्रमुखविरुद्ध कुरा लगाएर विभाग नै परिवर्तन गर्न लगाउने गरेका छन् ।
पाण्डे र केही कर्मचारीले मेयर साहलाई कुरा लगाएर पछिल्लो दुई दशकदेखि कामपाको ९ औं तहमा कार्यरत महेश काफ्लेलाई हेटौंडा उपमहानगरपालिकामा सरुवा गर्न सफल भएका छन् । अहिले महानगरमा कानुन विभाग प्रमुख वसन्त आचार्य र राजु पाण्डेको हालीमुहाली चलेको छ ।
मेयरलाई सुटुक्क कुरा लगाएर आफूलाई मन नपर्ने कर्मचारीमाथि शुरुमा कारबाही गर्न लगाउने र कारबाही पछि सरुवा गर्न समेत लगाउने गरेका छन् । अहिले कामपामा यस्तो चर्चा हुने गरेको छ–पाण्डे र आचार्यलाई नजिस्काउनू है, कारबाहीमा परिएला । हाल कामपाका अधिकांश कर्मचारी प्रहरी प्रमुख पाण्डेको प्रबृत्तिबाट आजित हुन थालो छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend