काठमाडौं, ३० चैत । । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दक्षिण पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा कार्यरत नेपाली राजदूतहरुले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन्।
आइतबार संयुक्त रुपमा यो निर्णय गरिएको अस्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहालले जानकारी दिएका छन । यसअघि युरोपमा कार्यरत नेपाली राजदूतहरुले पनि राहत कोषमा एक महिनाको तलब दिने घोषणा गरेका थिए ।
दक्षिण पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा हाल चार जना नेपाली राजदूत कार्यरत छन् । जसमा अस्ट्रेलियाका लागि महेशराज दाहाल, मलेसियाका लागि उदयराज पाण्डे, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाल र म्यान्मारका लागि भीम उदास रहेका छन् ।