ललितपुर । प्रहरीको गुण्डा नियन्त्रण अभियानपछि पछिल्ला दिनमा काठमाडौं उपत्यकामा ग्याङफाइट हुन छाडेको थियो । तर ललितपुरको भैंसेपाटीमा शुक्रबार दिउँसो खुकुरी खुँडासहितको जत्थाले मनोज बानियाँमाथि आक्रमण गरेको छ । राजेशबाबा केसीको समूहले मोटरसाइकलमा गएर बानियाँलाई हात र खु्ट्टामा खुकुरी र खुँडा प्रहार गरी फरार भएको थियो ।
आक्रमणमा परेका बानियाँलाई तत्कालै मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ । उनको अवस्था चिन्ताजनक छ ।
राजेश क्षेत्रमा लामो समयदेखि गुण्डागर्दी र ग्याङ फाइटमा संलग्न हुँदैआएका छन् । शुक्रबार दिउँसै खुकुरी र खुँडा सहित गएर आक्रमण गर्नेहरुलाई प्रहरीले २ दिनसम्म पनि पक्राउ गर्नसकेको छैन । आक्रमण गरिएको स्थान प्रहरी प्रभाग बुङ्मतीनजिकै छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले शुक्रबार दिउँसो भैंसेपाटीमा मनोज बानियाँमाथि खुकुरी र खुँडा प्रहार भएको बताए । खुकुरी र खुँडा प्रहार गर्नेहरु पक्राउ परिनसकेको उनले बताए । सीसीटीभी फुटेजमा दुईवटा मोटरसाइकलमा आएर आक्रमण गरेको देखिएको छ । आक्रमणकारीको नाम प्रवक्ता सुवेदीले खुलाउन चाहेनन् । उनले भने–‘मोटरसाइकलमा गएर आक्रमण गरेको देखिएको छ । पहिचान भइसकेको छैन । मोटरसाइकलको हुलिया हेरेर उनीहरुलाई छिट्टै पक्राउ गर्नेछौं ।’
प्रहरी प्रभाग बुङ्मतीमा १५ बर्षभन्दा बढी समयदेखि कार्यरत प्रहरी सहायक निरीक्षक(असई तिलक बस्नेतले नै सूचना दिएर आक्रमणकारीहरु फरार भएको स्रोतको दाबी छ । स्रोतका अनुसार राजेशबाबासँग लाभ लिएर उनका गैरकानुनी गतिबिधिमा आँखा चिम्लदैआएका सई बस्नेतकै सूचनाका आधारमा उनीहरु फरार भएका छन् ।
भैंसेपाटी क्षेत्रमा असई बस्नेत अति नै बदनाम भएको गुनासोपछि उनको पटक पटक सरुवा भए पनि उनले शक्तिकेन्द्रमा पहुँच पुर्याएर थमौती हुँदैआएका छन् । उनले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतकै भाइभतिजो हुँ भनेर प्रहरीका उच्च अधिकारीलाई भन्दै सरुवा रोक्ने गरेका छन् । केही महिनाअघि उनको सरुवा जाजरकोट भए पनि रमाना लिएर गएनन् ।
बुङ्मतीमा इन्चार्ज हुने हरेक प्रहरी निरीक्षक असई बस्नेतको प्रहरी आचरणबिपरीतका क्रियाकलापबाट अजित छन् । र, सबैले उनलाई सरुवा गर्न तालक कार्यालय ललितपुर परिसर र उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा भन्ने गर्दछन् । तर उनले हाकिमहरुलाई दबाब दिएर सरुवा रोक्ने गरेका छन् ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend