ललितपुर । प्रहरीको गुण्डा नियन्त्रण अभियानपछि पछिल्ला दिनमा काठमाडौं उपत्यकामा ग्याङफाइट हुन छाडेको थियो । तर ललितपुरको भैंसेपाटीमा शुक्रबार दिउँसो खुकुरी खुँडासहितको जत्थाले मनोज बानियाँमाथि आक्रमण गरेको छ । राजेशबाबा केसीको समूहले मोटरसाइकलमा गएर बानियाँलाई हात र खु्ट्टामा खुकुरी र खुँडा प्रहार गरी फरार भएको थियो ।
आक्रमणमा परेका बानियाँलाई तत्कालै मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ । उनको अवस्था चिन्ताजनक छ ।
राजेश क्षेत्रमा लामो समयदेखि गुण्डागर्दी र ग्याङ फाइटमा संलग्न हुँदैआएका छन् । शुक्रबार दिउँसै खुकुरी र खुँडा सहित गएर आक्रमण गर्नेहरुलाई प्रहरीले २ दिनसम्म पनि पक्राउ गर्नसकेको छैन । आक्रमण गरिएको स्थान प्रहरी प्रभाग बुङ्मतीनजिकै छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले शुक्रबार दिउँसो भैंसेपाटीमा मनोज बानियाँमाथि खुकुरी र खुँडा प्रहार भएको बताए । खुकुरी र खुँडा प्रहार गर्नेहरु पक्राउ परिनसकेको उनले बताए । सीसीटीभी फुटेजमा दुईवटा मोटरसाइकलमा आएर आक्रमण गरेको देखिएको छ । आक्रमणकारीको नाम प्रवक्ता सुवेदीले खुलाउन चाहेनन् । उनले भने–‘मोटरसाइकलमा गएर आक्रमण गरेको देखिएको छ । पहिचान भइसकेको छैन । मोटरसाइकलको हुलिया हेरेर उनीहरुलाई छिट्टै पक्राउ गर्नेछौं ।’
प्रहरी प्रभाग बुङ्मतीमा १५ बर्षभन्दा बढी समयदेखि कार्यरत प्रहरी सहायक निरीक्षक(असई तिलक बस्नेतले नै सूचना दिएर आक्रमणकारीहरु फरार भएको स्रोतको दाबी छ । स्रोतका अनुसार राजेशबाबासँग लाभ लिएर उनका गैरकानुनी गतिबिधिमा आँखा चिम्लदैआएका सई बस्नेतकै सूचनाका आधारमा उनीहरु फरार भएका छन् ।
भैंसेपाटी क्षेत्रमा असई बस्नेत अति नै बदनाम भएको गुनासोपछि उनको पटक पटक सरुवा भए पनि उनले शक्तिकेन्द्रमा पहुँच पुर्याएर थमौती हुँदैआएका छन् । उनले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतकै भाइभतिजो हुँ भनेर प्रहरीका उच्च अधिकारीलाई भन्दै सरुवा रोक्ने गरेका छन् । केही महिनाअघि उनको सरुवा जाजरकोट भए पनि रमाना लिएर गएनन् ।
बुङ्मतीमा इन्चार्ज हुने हरेक प्रहरी निरीक्षक असई बस्नेतको प्रहरी आचरणबिपरीतका क्रियाकलापबाट अजित छन् । र, सबैले उनलाई सरुवा गर्न तालक कार्यालय ललितपुर परिसर र उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा भन्ने गर्दछन् । तर उनले हाकिमहरुलाई दबाब दिएर सरुवा रोक्ने गरेका छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend