वीरगन्ज, ३० चैत । वीरगन्जमा थप २६ जनालाई क्वारेन्टानइनमा राखेको छ। शनिबार राति प्रशासनले भारतबाट आएका थप २६ जनालाई क्वारेन्टानइनमा राखिएको हो ।
छपकैया र घुसुकपुरका मस्जिदमा रहेका २६ जनालाई शनिबार राति सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तले जानकारी गराएका छन ।
क्वारेन्टाइनमा पठाएकामध्ये ४ जना नेपाली र २२ भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।
यसअघि छपकैयाको मस्जिदमा बसेका २४ जनामा कोरोना छ कि छैन भनेर स्वाब परीक्षण गरिएको थियो। तीमध्ये तीन जनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ। उनीहरूलाई अहिले नारायण उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।
बाँकी २१ जनालाई शनिबार नै सिद्धार्थ माविको क्वारेन्टाइनमा पठाइएको थियो।
यी भारतीय नागरिकहरू कहिले नेपाल आएका थिए र उनीहरू नेपालमा कहाँकहाँ गए भन्ने अनुसन्धान भइरहेको एसपी पन्तले जानकारी दिइन्।