Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको कहर : ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी संक्रमित


    आइतबार, चैत्र ३० २०७६
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ३० चैत । चीनबाट फैलिएको कोरोनाभाइरसको कारण विश्वका ५२ मुलुकमा २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार उक्त तथ्यांक सार्वजनिक गरेको हो । 

    डब्ल्यूएचओको प्रतिवेदनले गत अप्रिल ८ सम्ममा विश्वभरका ५२ मुलुकमा २२ हजार ७३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको हो ।

    डब्ल्यूएचओका अनुसार अहिलेसम्म सबै मुलुकबाट स्वास्थ्यकर्मीलाई भएको संक्रमणको विषयमा यकिन जानकारी आउन नसकेको कारण यो संख्या अझै बढी हुन सक्ने डब्ल्यूएचओले बताएको छ ।

    डब्ल्यूएचओले अहिले विश्वभरका स्वास्थ्यकर्मीले कोरोना भाइरसको नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निभाइरहेको बताएको छ । कोरोना भाइरसबाट बच्न बिरामीको उपचारमा जाँदा संगठनले सिफारिस गरेको सुरक्षाको उपकरणको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुलाई डब्ल्यूएचओले सुझाव दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार