Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच पक्राउ


    आइतबार, असार ३ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एक लाख भन्दा बढी नक्कली लाइसेन्स जारी गर्ने यातायात कार्यालयका कर्मचारीहरु तानिने क्रम जारी छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नक्कली लाइसेन्स प्रकरणको दोस्रो चरणको अनुसन्धानका क्रममा आइतबार यातायात ब्यवस्था कार्यालयका पाँच कर्मचारी पक्राउ गरेको छ । सीआईबीले नक्कली लाइसेन्स प्रकरणमा एक उपसचिव, दुई अधिकृत र अन्य दुई जना कर्मचारी गरी पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।

    वनमन्त्रालयमा कार्यरत रहेका केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत रहेका पदमराज आचार्य र लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेका सुवास पौडेललाई आइतबार नियन्त्रणमा लिइएको हो । यी तीनै जनालाई यातायात कार्यालयमा लामो समय बसी नक्कली लाइसेन्स जारी गर्ने कार्यमा संलग्न रहेको पाइएपछि सीआईबीले पक्राउ गरेको हो ।

    त्यस्तै, जनपुरबाट दिलीपकुमार साह र चितवनबाट राजेश लम्साललाई पक्राउ गरिएको छ । परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएपछि उनीहरु निगरानीमा परेका थिए ।

    उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँ देखिएपछि सिआइबीले उनीहरुलाई निगरानीमा राखेको थियो । पहिलो चरणको अनुसन्धानका क्रममा निगरानीमा रहेका लक्ष्मण पाण्डे अहिलेसम्म फेला परेका थिएनन् । सीआईबीले नक्कली लाइसेन्सको छानबिन गरी अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन बुझाइसकेको छ । डेढ लाख लाइसेन्सको छानबिन गर्नका लागि सीआईबीले आयोगमा पठाएको छ ।

    सीआईबीको दोस्रो चरणको अनुसन्धानमा यातायात कार्यालयका थप कर्मचारीहरु पनि तानिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार