काठमाडौं । एक लाख भन्दा बढी नक्कली लाइसेन्स जारी गर्ने यातायात कार्यालयका कर्मचारीहरु तानिने क्रम जारी छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नक्कली लाइसेन्स प्रकरणको दोस्रो चरणको अनुसन्धानका क्रममा आइतबार यातायात ब्यवस्था कार्यालयका पाँच कर्मचारी पक्राउ गरेको छ । सीआईबीले नक्कली लाइसेन्स प्रकरणमा एक उपसचिव, दुई अधिकृत र अन्य दुई जना कर्मचारी गरी पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
वनमन्त्रालयमा कार्यरत रहेका केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत रहेका पदमराज आचार्य र लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेका सुवास पौडेललाई आइतबार नियन्त्रणमा लिइएको हो । यी तीनै जनालाई यातायात कार्यालयमा लामो समय बसी नक्कली लाइसेन्स जारी गर्ने कार्यमा संलग्न रहेको पाइएपछि सीआईबीले पक्राउ गरेको हो ।
त्यस्तै, जनपुरबाट दिलीपकुमार साह र चितवनबाट राजेश लम्साललाई पक्राउ गरिएको छ । परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएपछि उनीहरु निगरानीमा परेका थिए ।
उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँ देखिएपछि सिआइबीले उनीहरुलाई निगरानीमा राखेको थियो । पहिलो चरणको अनुसन्धानका क्रममा निगरानीमा रहेका लक्ष्मण पाण्डे अहिलेसम्म फेला परेका थिएनन् । सीआईबीले नक्कली लाइसेन्सको छानबिन गरी अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन बुझाइसकेको छ । डेढ लाख लाइसेन्सको छानबिन गर्नका लागि सीआईबीले आयोगमा पठाएको छ ।
सीआईबीको दोस्रो चरणको अनुसन्धानमा यातायात कार्यालयका थप कर्मचारीहरु पनि तानिने बताइएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend