काठमाडौं । नेप्सेमा सामान्य गिरावट आएको छ । साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा कायम भएको छ ।
आज ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
आज भगवती हाइड्रोपावर डेभलपेन्टको मात्रै सेयर सकारात्मक सर्किट लागेको थियो भने मनकामना स्मार्ट लघुवित्त वित्तीय र माइ खोला हाइड्रोपावरको सेयर ९ प्रतिशत बढिले बढेको थियो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
त्यस्तै सीईडीबी हाइड्रो पावर डेभलपमेन्टको १८ करोड,सानिमा माइ हाइड्रोपावरको १६ करोड,पोखरा फाइनान्सको १२ करोड र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ८ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।
आज फाइनान्स, उत्पादन, माइक्रो फाइनान्स र म्युचुअल फण्डको समूहको उपसूचक सकारात्मक देखिएका छन् । जसमा म्युचुअल फण्डको सूचक सर्वाधिक ४.९२ प्रतिशतले बढेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend