Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीका टेण्डरमा कालोसूचीमा परेको कम्पनीको चलखेल


    आइतबार, जेष्ठ २० २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कालोसूचीमा परेको जेएमबीडी इन्टरनेशनल कम्पनीले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा खुलेका बन्दोबस्तीका सामान आपूर्तिको बोलपत्र पेश गरिरहेको छ । कालोसूचीमा परेको कम्पनी जेएमबीडी इन्टरनेशनल प्रालिले सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको अवस्थामा पनि प्रहरीमा बोलपत्र पेश गर्ने छुट पाइरहेको हो ।

    नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयले २०८० असोज १८ गते नै सार्वजनिक खरिद अनुगमन कार्यालयमा जेएमबीडीलाई कालोसूचीमा राख्न पत्र लेखेको थियो । प्रहरीको राइट कन्ट्रोल गियर आपूर्ति ३ पटक म्यादथप गर्दा पनि बुझाउन नसकेपछि राजमान मिश्रको जेएमबीडीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

    कालोसूचीमा राखिसकेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयका बिरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालतले अर्को निर्णय नभएसम्म कालोसूचीमा नराख्न दिएको अन्तरिम आदेशकै भरमा मिश्रले प्रहरी र सशस्त्रका ठेक्कामा भाग लिइरहेका छन् । सेटिङ गरी उनले कालोसूचीमा नराख्न अन्तरिम आदेश ल्याएको आरोप छ ।

    मिश्रको जेएमबीडी कम्पनीले नेपाली सेनामा धेरै काम गरिरहेको छ । प्रहरीको टेण्डर स्नो आइटम र ब्यारेट क्यापको टेण्डर पनि उनले बिड गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार