सञ्जय मिश्रा
रौतहट । रौतहट स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले लाखौंको अबैध भारतीय मलखाद र भारतीय कुखुरा बरामद गरेको छ।
तस्करहरुले भारतबाट बिभिन्न नाका हुँदै अवैध रुपमा भंसार छली ल्याएका चार लाख सन्तानब्बे हजार दुई सय सत्तरी रुपैयाँ बराबरको युरीया मल, किराना तथा लत्ताकपडा लगायतका सामानहरुसँगै तीनजना तस्करलाई मोटरसाईकलसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
ना२९ प २८१४,ना३७ प ५३१३ र विआर ३० ई ३४८४ नम्बरको मोटरसाइकल सहित पक्राउ परेका कटहरिया नगरपालिका ५ का सिकिन्दर यादव, फतुवा बिजयपुर २ का बीरबल यादव, आदर्श कोतवाल ३ बाराका प्रदीप यादव र बिना चालक बरामद ना ४१ प ५५१४ मोटरसाईकल र पक्राउ परेका तीनैजनालाई सामान सहित आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालयमा दाखिला गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
त्यसैगरी सशस्त्र प्रहरी ११ नम्बर गण हेक्वा रौतहट बाट गएको गस्ती टोलीले सीमाक्षेत्र बाट तीन क्विन्टल भन्दा बढी भारतीय कुखुरा बरामद गरेको छ। तस्करहरुले भारतीय बजारबाट अबैध रुपमा ल्याउँदै गरेको ३१५ किलो कुखुरा ९४ हजार ५०० बराबरको परोहा ९ मोतिपुर स्थित बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
बरामद कुखुरा सशस्त्र प्रहरी ११ नम्बर गणको हाता भित्र खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ। रौतहटमा नयाँ एसपीको रुपमा हुमागाईं आएदेखि नै तस्करी नियन्त्रणमा बिशेष सक्रियता देखिएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend