काठमाडौं । अबैधानिक रुपमा नियुक्त भएका अखिल नेपाल फुटबल संघ(एन्फा)का कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले कीर्ते बिलका आधारमा भुक्तानी दिएको तथ्य खुलासा भएको छ ।
एन्फाका पूर्व महासचिवसमेत रहेका तुलाधरले पदको दुरुपयोग गरी आफूले प्रयोग गर्दै आएको एन्फाको नाममा दर्ता भएको रातो विद्युतीय कारमा आवश्यक सामान खरिद गर्दा बिल कीर्ते गरेका हुन् ।
तुलाधरले गाडीका लागि सीडी प्लेयर, व्याक क्यामरा, स्टेरिङ कभर, हिलो म्याट र सिटकभर जाली खरिद गर्न भनी आफैले स्टोरको कर्मचारी(अत्यूतराज घिमिरे) लाई माग पनि आफैंले गरेको, खरिद आदेश आदेश पनि आफैले स्वीकृत गरी कुलेश्वरस्थित पिन्टु एण्ड विल्लु अटो वक्र्ससपबाट खरिद गर्दा १ हजार ८ सय रुपैयाँको विललाई रु. २२ हजार ३ सय बनाई २० हजार ५ सय अनियमितता गरेका छन् । विल नम्बर १२९ बाट रु. १ हजार ८ सय रुपैयाँको विललाई रु. २२ हजार ३ सय बनाएको आरोप तुलाधरमाथि लागेको छ ।
उजुरीकर्ता खत्रीले कीर्ते बिल, सामानको माग फाराम लगायत सबै प्रमाण राखी आयोगमा उजुरी दिएका छन् । तत्कालीन एन्फा अध्यक्षसमेतलाई गुमराहमा पारी भ्रष्टाचार गरेको र एउटै नम्बरको विलमा समेत कीर्ते गरेको देखिएकाले गम्भीरतापूर्वक छानबिन गर्न र तुलाधरमाथि कीर्ते र भ्रष्टाचारमा कारबाहीको माग गर्दै गोरखा जिल्ला फुटवल संघका सदस्य अमित खत्रीले २०८१ जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । जुन उजुरीको दर्ता नम्बर सी–०७२४९७ हो । आफ्नै गाडीका सामान खरिदमा बिल कीर्ते गरी भ्रष्टाचार गर्न उद्यत देखिएका तुलाधर लामो समयसम्म एन्फामा विभिन्न पदमा रही कार्य गरेका थिए । उनले लामो समय एन्फामा विभिन्न पदमा हुँदा पदीय दुरुपयोग भ्रष्टाचार गरेकाले उनको अकूत सम्पत्तिको छानबिन गर्नुपर्ने खत्रीले दिएको उजुरीमा उल्लेख छ ।
तुलाधरले विगतमा पनि राष्ट्रिय खेलकुद परिषद अन्तर्गत तेक्वान्दोको सहायक प्रशिक्षक हँुदा एन्फाको सीईओ समेत नियुक्त भई दोहोरो तलव भत्ता वुझेको हुँदा सो समेत छानबिन गरी आवश्यक कारवाहीको माग उजुरीमा गरिएको छ ।
यसै सिलसिलामा अखिल नेपाल फुटबल संघ (एन्फा) मा आवश्यक कुनै पनि पदको कर्मचारी नियुक्ति गर्दा पदपूर्ति समितिमार्फत् प्रतिस्पर्धाको आधारमा विज्ञ समेतको उपस्थितिमा उम्मेदवारको योग्यता परीक्षण गरी कार्यसमितिको निर्णयअनुसार गर्नुपर्ने प्रावधान छ । सो सम्बन्धी व्यवस्था एन्फाको कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली २०७७ को परिच्छेद ३ को (७) (क), (ख), (ग)र (घ)मा व्यवस्था गरिएको छ । तर एन्फाले सीईओ नियुक्ति गर्दा उल्लेखित प्रावधान बिपरीत तुलाधरलाई नियुक्त गरेको थियो । तुलाधरलाई नियुक्ति गर्दा स्वार्थ बाझिने भए पनि उनलाई सीईओ बनाइएको थियो ।
उक्त प्रावधान वमोजिम एन्फाको २०७९ फागुन १७ गतेको कार्यसमिति बैठकको निर्णय १८ मा सिईओ नियुक्तिको लागि सूचना प्रकाशित गर्ने निर्णय भएको थियो । उजुरीमा भनिएको छ– एन्फाको कर्मचारी सेवा सर्त सम्बन्धि नियमावली २०७७ मा स्पष्ट व्यवस्था हुँदाहुँदै शुरुको प्रक्रिया पूरा नगरी संघको विधानको धारा ३८ को ६ लाई अपव्याख्या गरी स्वार्थ वाझिनेगरि संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले गैकानुनी रुपमा नियुक्ति लिएका थिए । स्वार्थ बाझिनेगरी नियुक्त भएका उनले मासिक रु. १ लाख ५ हजार तलव भत्ता लिदै आएका छन् ।
अख्तियारले तुलाधरको नियुक्तिसमेतमा गम्भीरतापूर्वक छानवीन गरी उनलाई कीर्ते र भ्रष्टाचारमा कारबाही गर्न माग गरिएको छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend