काठमाडौं । नेपाल प्रहरी अन्तर्गतका केन्द्रदेखि प्रदेश, जिल्ला र पालिकासम्मका भौतिक संरचना निर्माणमा गुणस्तरको पक्ष कमजोर हुँदै गएको पाइएको छ । प्रहरीको प्राविधिक निर्देशनालयका अधिकारीहरुले निर्माणमा गुणस्तर कायम गर्नेतिर भन्दा पनि ठेकेदारहरुसँग कमिसनमा बढी लिप्त हुने गरेका कारण सामान्य हावाहुरीले समेत त्यस्ता संरचना भत्किन पुगेका छन् ।
डिआईजीबाट उद्घाटन भएको रू. ३ करोड लगानीमा निर्मित बर्दियाको बारबर्दिया नगरपालिकास्थित इलाका प्रहरी कार्यालय, जयनगरको भवनको बाहिरपट्टिको पर्खाल २०८१ बैशाख ३१ गते आएको सामान्य हावाहुरीले भत्किएको छ । लुम्बिनी प्रदेशका डीआईजी कुवेर कडायतले २०८१ बैशाख २० गते उक्त भवनको उदघाटन गरेका थिए । उदघाटन गरेको १० दिनमै उक्त भवनको पर्खाल हावाहुरीले भत्किएको तस्वीर अहिले सामाजिक संजालमा भाइरल छ । निर्माण सकिएर उद्घाटन भएको १० दिनमै उक्त पर्खाल हावाको झोँक्काले ढल्नुमा गुणस्तरहीन निर्माण नै भएको कुरामा दुईमत हुन सक्दैन । एक प्रहरी अधिकारी भन्छन्–ठेकेदारसँग १० देखि १५ प्रतिशत कमिसन मागेपछि कहाँबाट गुणस्तरीय निर्माण हुन्छ ? हावाहुरीले नै भत्किने संरचना बनाउनुको कारण कमिसनकै खेल हो ।
नेपाल प्रहरीको प्राविधिक निर्देशनालयले भौतिक संरचना निर्माणको समन्वयका लागि हरेक प्रदेशमा डीएसपी दर्जाका इन्जीनीयर खटाउने गरेको छ । प्राविधिक निर्देशनालयका प्रमुख डीआईजी फणिन्द्र बराल छन् । स्रोतका अनुसार प्रहरीका भौतिक संरचना निर्माणका ठेकेदारहरुसँग डिआईजी बराल स्वयंले भने डिल गर्दैनन् । यसअघिका निर्देशनालयका डीआईजी लोकेश सिंहले ठेकेदारसँग डिल गरी कमिसन माग्ने गरेका थिए । स्रोत भन्छ–बराल भने सोझै डिल गर्दैनन् ।
केन्द्र अन्तर्गतका र प्रदेशका संरचना निर्माण गर्ने ठेकेदारहरुबाट उठाउने दायित्व निर्देशनालयका एसएसपी रामकुमार चौधरीले गर्ने गरेका छन् । निर्देशनालयबाट प्रदेशमा खटिएका डीएसपीहरुसँग चौधरीले आईजीपीसम्मको नाम लिएर प्रतिशत माग्दा भौतिक संरचना कमजोर र छिट्टै भत्किने बिग्रने गरेका छन् । आईजीपीले भौतिक संरचना निर्माण गुणस्तरीय बनाउन चाहे पनि उनलाई पनि भागबण्डा पुर्यायउनुपर्छ भनेर प्राबिधिक निर्देशनालयबाट कमिसन उठाउने गरिएको छ ।
प्रहरीको केन्द्र अन्तर्गतकै निर्माणको ठेक्का लिएका एक निर्माण ब्यवसायीले भने–‘१५ देखि २५ प्रतिशत कम (बिलो)मा टेण्डर हालेर ठेक्का पाइन्छ । त्यसमा पनि १० देखि १५ प्रतिशत नै कमिसन दिनुपरेपछि गुणस्तरीय निर्माण कसरी गर्न सकिन्छ ?
नेपाल प्रहरीका देशभर कति भौतिक संरचना बन्दैछन् ?
चालु आर्थिक बर्ष २०८०–०८१ मा नेपाल प्रहरीको नियमित बजेट र प्रादेशिक बजेटबाट देशभर ७४ वटा भौतिक संरचना(भवन)हरु निर्माणाधीन रहेको तथ्यांक प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको छ । प्रहरी प्रधान कार्यालयको नियमित बजेटबाट निर्माणाधीन संरचना निम्न छन्ः
नेपाल प्रहरी प्रधान कार्यालय १
नेपाल पुलिस क्लव १
उपत्यका प्रहरी कार्यालय अन्तर्गत ३
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर अन्तर्गत ६
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत ३
बागमती प्रदेश प्रहरी कार्यालय बिराटनगर अन्तर्गत ३
गण्डकी प्रदेश प्रहरी कार्यालय बिराटनगर अन्तर्गत ६
लुम्बिनी प्रदेश प्रहरी कार्यालय बिराटनगर अन्तर्गत ६
कर्णाली प्रदेश प्रहरी कार्यालय बिराटनगर अन्तर्गत ३
सु.प. प्रदेश प्रहरी कार्यालय बिराटनगर अन्तर्गत ३
जम्मा ३५
प्रादेशिक बजेट अन्तर्गत निर्माण भइरहेका संरचना यसप्रकार छन् :
प्रदेश कार्यालय भवनको संरचना ३
जिल्ला कार्यालय भवनको संरचना ३
इलाका प्रहरी कार्यालय भवनको संरचना १२
प्रहरी चौकी भवनको संरचना १६
प्रदेश तालिम केन्द्र भवनको संरचना २
सीमा प्रहरी कार्यालय भवनको संरचना १
ट्राफिक प्रहरी कार्यालय भवनको संरचना १
प्रदेश अस्पताल भवनको संरचना १
जम्मा ३९
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend