काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा मङ्गलबार उहाँले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर विकास निर्माणमा पार्टी–पार्टी र आन्तरिक प्रतिस्पर्धा भने हुनुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले नेकपामा होहल्ला मात्रै भएको भन्दै अन्तिममा केही नहुने बताउनुभयो । नेकपालाई ठूलो घरको सङ्ज्ञा दिँदै उहाँले भन्नुभयो, “नेकपा ठूलो घर हो, अहिले कल्याङकुलुङ मात्रै बढी भएको हो, केही हुनेवाला छैन, कोही कसैलाई हल्ला गर्दा ‘केही झर्ला कि’ झैँ लागेर मुख मिठ्याउन पाइन्छ होला भन्ठानेर गर्या हल्ला हो यो, यसको कुनै औचित्य छैन, हल्ला गर्नेले दुई वर्षपछि मात्रै विचार गर्नू ।” प्रतिपक्षी पार्टीमा पनि विवाद भइरहेकाले लोकतन्त्रमा पार्टीभित्र पनि केही विवाद हुनु स्वाभाविक रहेको उहाँको तर्क थियो । प्रतिस्पर्धाको युग आइसकेकाले पार्टीभित्र विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले विकासमा राजनीतिको कुरा अलिअलि आउने भएकाले सबैले विकास निर्माणमा मिलेर सुख र समृद्धिलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । पूर्वमन्त्री बाँस्कोटाले श्रम संस्कृतिलाई अपमान गर्नु हुँदैन भन्दै नेपालमै खाद्यान्न र आवश्यकताका वस्तुको उत्पादनतर्फ लागेर थप रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।
“कृषिलाई आधुनिकीकरण गर्दै औद्योगिकीकरणतर्फ लाग्ने र प्रविधिमार्फत श्रम बचाएर अन्यत्र नयाँ उत्पादनका काममा प्रयोग गर्नुपर्छ, अब ड्रोनमार्फत घरमै बसेर खेतबारीमा पानी र औषधि छर्नेतिर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले सबै स्थानीय तहमा शीतभण्डारको आवश्यकता औँल्याउनुभयो । नेपालको रु चार हजार अर्बको समग्र उत्पादनमध्ये कृषिबाट २९ प्रतिशत मात्र भएको उहाँको भनाइ थियो । उहाँले भक्तपुर–पाँचखाल सुरुङमार्गको अध्ययन शुरु भएको बताउनुभयो । “प्रधानमन्त्रीले पनि सुरुङ युग शुरु भइसक्यो भन्नुभएको छ, यसका लागि सम्भाव्यता अध्ययन भइरहेका छन्, मानिसले समयाभावका कारण गर्न खाजेको काम गर्न नपाउँदै मर्ने अवस्था आउँछ त्यसैले सुरुङमार्गको अवधारणा ल्याएका हौँ” उहाँले भन्नुभयो । उहाँले ठूला कुरा नगरी सुशासनलाई व्यवहार र सिद्धान्तमा देखाउनुपर्छ भन्दै काम गरेर बजेट फिर्ता नपठाउन स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख निर्मला शाही, नेकपाका जिल्ला नेताद्वय विदुरप्रसाद सापकोटा र रिता ढकाल, वडाध्यक्षद्वय झलकप्रसाद पौडेल र विष्णुमणि नेपाल, चण्डेनीमण्डन साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सुमन नेपाललगायतले चक्लाबन्दी तथा सामूहिक खेतीले कृषिप्रति आकर्षण बढाएर श्रम जोगाई उत्पादन वृद्धितर्फको यात्रामा अघि बढाउने विचार व्यक्त गर्नुभयो ।रासस
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend