Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै


    आइतबार, बैशाख ३० २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ ।

    पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो ।

    बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने छ ।

    पार्टीको आज सम्पन्न हुने स्थायी कमिटीका निर्णय उपर पनि  बैठकमा छलफल हुनेछ। बैठकले आगामी जेठ १ र २ गते आह्वान गरिएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने कार्यसूची अनुमोदन गर्नेछ।

    एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार