Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश सरकारलाई रियल टाइम पीसीआर मेसिन सहयोग, दिनमै साढे दुई सयको परीक्षण हुने


    शुक्रबार, चैत्र २८ २०७६
    640
    Shares
  • २ मिनेट पाठ
  • बुटवल, २८ चैत । प्रदेश सरकारलाई बुटवलमा रहेको नेशनल प्याथ ल्यावले उच्च क्षमताको रियल टाइम पीसीआर मेसिन  हस्तान्तरण गरेको छ ।

    उक्त मेसिनको प्रयोगले परीक्षणको नतिजाले तीव्रता पाउने छ  । नेशनल प्याथ ल्यावले यस अघि दैनिक १४ र १५ वटाको नतिजा दिने गरेकोमा यो मेशिन थपिएसँगै दिनमै साढे दुई सयको परीक्षणको नतिजा आउने दाबी  गरेको छ ।

    प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा सञ्चालन गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा प्रयोगमा आउने छ ।

    १५ दिनका लागि उक्त मेसिन सहितका अन्य उपकरण समाजिक विकासमन्त्री शुर्दशन बराललाई हस्तान्तरण गरेको संस्थाका सञ्चालक शरद भुषालले बताए ।

    ‘अहिलेको महामारीको अवस्थामा छ,सरकारले धेरै भन्दा धेरै परीक्षण गर्न सक्यो भने सहज हुन्छ,।त्यसैले मेसिन दिएका हौं ।’ उनले भने ।

    समाग्री बुझ्दै सामाजिक विकास मन्त्री सुर्दशन बरालले विपत्तीका बेला सबैको सहयोग सरकारलाई आवश्यक रहेको भन्दै यो मेसिन तत्काल प्राविधिकहरुलाई उपलब्ध गराई सञ्चालनमा ल्याउने बताए ।

    प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले सहयोग प्राप्त पीसीआर मेसिनको सबै चेकजाँच पछि सञ्चालनमा ल्याइने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार