Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस विपक्षीकै भूमिकामा बस्छ : नेता सिंह


    सोमबार, मंसिर ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन्। 

    सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा आज शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दैै उनले जनताले अहिले काँग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफ्नो पार्टी विपक्षमै बस्ने बताए

    “प्रधानमन्त्रीलाई पार्टी सभापतिले भेटेको कुरालाई सत्ता सहकार्यसँग जोड्न मिल्दैन, काँग्रेस जनताले दिएको म्याण्डेटअनुसार प्रतिपक्षको भूमिकामा रहन्छ”, उनले भने । नेकपाभित्रको झगडामा काँग्रेसको कुनै सरोकार नरहने उनको भनाइ थियो । 

    पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले झण्डै दुई तिहाइ बहुमत पाएको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै सरकारले सङ्घीयताको मर्म र भावना विपरीत काम गर्दै आइरहेको आरोप लगाए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार