काठमाडौं । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य तथा काठमाडौं उपत्यका हेर्ने जिम्मेवारी पाएका प्रेम दर्नाल (विकल्प) लाई प्रहरीले ललितपुृरको नख्खु क्षेत्रबाट शुक्रबार पक्राउ परेपछि धेरै रहस्य खुल्न थालेका छन् । उनीसँगै अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण) पनि पक्राउ परेका छन् । दर्नाल विप्वलपछिका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)का अति विश्वासिला पात्र मानिन्छन् । दर्नाल पक्राउले प्रकाण्डलाई झड्का लागेको छ । प्रकाण्डले नै दर्नाललाई अर्थ विभाग प्रमुख बनाएर उपत्यकाको आर्थिक पाटोसमेत सबै हेर्ने जिम्मा दिएका थिए ।
विश्वकर्माले नै दर्नाललाई काठमाडौं उपत्यकाको जिम्मा दिएका थिए । उपत्यकामा एनसेलदेखि क्यासिनो र विभिन्न ब्यापारीक घरानासँग डिल गर्ने काममा प्रकाण्डले नै दर्नाललाई परिचालन गरेको बिषय विप्लवसम्म पुगेको छ । उपत्यकाको सम्पूर्ण आर्थिक संकलनका गतिबिधि दर्नालकै नेतृत्वमा हुँदैआएको उक्त पार्टी निकटकै एक संचारकर्मीले खोलेका छन् । दर्नालका कारण क्रान्तिकारी पार्टी बदनाम भएको भन्दै विप्लवलाई संचारकर्मीले पटक पटक गुनासो गर्दैआए पनि सुनुवाई हुन सकेको थिएन ।
दर्नाललाई विश्वकर्मासँग चिनाउने काम भने विवादित ब्यापारी संजय अधिकारीले गरेका थिए । अधिकारीसँग खड्गबहादुर विश्वकर्माको घनिष्ट सम्बन्ध अद्यापि छ । बागलुङका अधिकारीले संसदमा चमेनागृह चलाउँदै पछिल्लो समयमा रेमण्ड ब्रान्डको कपडा बिक्री गर्ने डिलर संचालन गर्दैआएका छन् । एकपटक संजय अधिकारी, प्रेम दर्नाल र खड्गबहादुर विश्वकर्माले बागलुङका ब्यापारीसँग यार्चागुम्बाको कारोबार गर्ने भनेर लिएको ३ करोड रकम पचाएको बिषय पनि माओवादी बृत्तमा चर्चा हुने गरेको थियो । दर्नाल दोलखाका हुन् । प्रकाण्डले दर्नाललाई प्रयोग गरी बमको त्रास देखाउँदै चन्दा असुली गरेको र पार्टीलाई बदनाम गराएको बिषयमा उक्त पार्टी निकट पत्रकाहरुले कुरा उठाएका थिए । तर अनियमितताको कुरा उठाउने १० भन्दा बढी पत्रकारलाई निकालिए ।
काठमाडौं उपत्यकामा विप्लवको ८० प्रतिशत बदनामी हुनुमा दर्नालकै हात रहेको र उनको गिरफ्तारीले अब नेत्रविक्रम चन्दको पार्टी शुद्धिकरण हुने चर्चा निस्कासित पत्रकारहरुले गर्न थालेका छन् । १० बर्षको बीचमा दर्नालले दोलखादेखि काठमाडौंसम्मको जोडेको सम्पत्ति बैंकखाताहरु छानबिन गर्ने हो भने करोडमा होइन, अरब नै फेलापर्ने विप्लव माओवादीबाट निकालिएका एक पत्रकार बताउँछन् । ती पत्रकारले भने, पार्टीका सुप्रिमो विप्लवले त छानबिन गरेनन्, तर सरकारले दर्नाललाई पक्राउ गरेपछि अब विप्वल माओवादीमा शुद्धिकरण हुन्छ कि भन्ने आशा पलाएको छ ।
संजय अधिकारी र दर्नालको सम्बन्ध अहिले पनि उत्तिकै घनिष्ट रहेको बताइन्छ । अधिकारीले दर्नाल र खड्गबहादुरकै आडमा स्व. चिकित्सक उपेन्द्र देवकोटाकी श्रीमतीको नाममा दरबारमार्गमा रहेको घर समेत हडप्दै भाडा असुली गरिरहेका छन् । उक्त घर डा. देवकोटाकी श्रीमतीको भए पनि भाडा संजय अधिकारीले लिंदैआएका छन् ।
प्रहरी प्रशासनदेखि गुण्डानाइकेसम्म प्रयोग गरी अधिकारीले उपेन्द्र देवकोटाकी श्रीमतीको घर हडपेर भाडा लिने गरेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend