Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा विवादले लियाे नयाँ माेड: देउवासँग मिल्दै ओली


    आइतबार, मंसिर ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । शनिबार साँझ किरब तीन घन्टा बालुवाटारमा दुवै नेताले राजनीतिक घटनाक्रमको समिक्षा गरेर भविष्यमा मिलेर जानेबारे छलफल भएकाे स्राेतले जनाएकाे छ।

    विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र आएको समस्याबारे कुरा गरेका थिए । उनले देउवासँग मिलेर जाने सम्भावनाबारे समेत बताएका थिए । त्यतिबेला साथ दिन देउवालाई आग्रह गरेका थिए ।

    स्राेतका अनुसार देउवा र ओलीले उनीहरूका विश्वासमा पात्रहरूलाई समेत छलफलमा सहभागी गराएका थिए । देउवाले गोपालमान श्रेष्ठ र रमेश लेखक र प्रधानमन्त्री ओलीले सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र भानुभक्त ढकाललाई सँगै राखेका थिए ।

    बालुवाटारमा भएकाे छलफलमा दुवै नेताले राजनीतिक समिक्षाकासँगै नेकपाकाे अर्का अध्यक्ष प्रचण्डको पछिल्लो भूमिकाबारे पनि व्याख्या भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार