Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफैँले बोकेको बन्दुक पड्किंदा एक घाइते


    शुक्रबार, चैत्र २८ २०७६
    830
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २८ चैत।  आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा सिन्धुलीमा एक जना घाइते भएका छन् । घाइते हुनेमा घ्याङलेख गाउँपालिका १ बुक्ति पटबाँस बस्ने ४८ वर्षीय राम बहादुर पाख्रिन रहेका छन् ।

    सोही गाउँपालिकास्थित जगंल नजिकै बारीमा मकै खान आएको जंगली बँदेल लखेट्न बोकेको बन्दुक बिहीबार राति अचानक पड्किँदा पाख्रिन घाइते भएको प्रहरीले जनाएको छ । उनीसँगै बन्दुक बोकेर जाने अन्य चार जना भने फरार रहेका छन् । सोही ठाउँ बस्ने नुर भन्ने बुद्धबहादुर बम्जनसहित ४ जनाको खोजीकार्य जारी रहेको र घट्नाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    घाइते पाख्रिनलाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल काभ्रे रिफर गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार