Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लब नेकपाका आर्थिक विभाग प्रमुख दर्नाल पक्राउ, अपारदर्शी चन्दा असुलीमा छानबिनको माग


    आइतबार, मंसिर ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य तथा काठमाडौं उपत्यका हेर्ने जिम्मेवारी पाएका प्रेम दर्नाल (विकल्प) लाई प्रहरीले ललितपुृरको नख्खु क्षेत्रबाट शुक्रबार पक्राउ परेको छ । उनीसँगै अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण) पनि पक्राउ परेका छन् । 

    दर्नाल विप्वलपछिका नेता खड्गबहादुर विश्वकर्माका अति विश्वासिला पात्र मानिन्छन् । विश्वकर्माले नै दर्नाललाई काठमाडौं उपत्यकाको जिम्मा दिएका थिए । उपत्यकामा चन्दा असुलीदेखि विभिन्न गतिबिधिमा दर्नालकै नेतृत्वमा हुँदैआएको उक्त पार्टी निकटकै एक संचारकर्मीले बताएका छन् । दर्नाललाई विश्वकर्मासँग चिनाउने काम भने विवादित ब्यापारी संजय अधिकारीले गरेका थिए । अधिकारीसँग खड्गबहादुर विश्वकर्माको घनिष्ट सम्बन्ध अद्यापि छ । बागलुङका अधिकारीले संसदमा चमेनागृह चलाउँदै पछिल्लो समयमा रेमण्ड ब्रान्डको कपडा बिक्री गर्ने डिलर संचालन गर्दैआएका छन् । एकपटक संजय अधिकारी, प्रेम दर्नाल र खड्गबहादुर विश्वकर्माले बागलुङका ब्यापारीसँग यार्चागुम्बाको कारोबार गर्ने भनेर लिएको ३ करोड रकम पचाएको बिषय पनि माओवादी बृत्तमा चर्चा हुने गरेको थियो ।

    दर्नाल दोलखाका हुन् । खड्गबहादुर विश्वकर्माले दर्नाललाई प्रयोग गरी बमको त्रास देखाउँदै चन्दा असुली गरेको र पार्टीलाई बदनाम गराएको बिषयमा उक्त पार्टी निकट पत्रकाहरुले कुरा उठाएका थिए । तर अनियमितताको कुरा उठाउने १० भन्दा बढी पत्रकारलाई निकालिए । काठमाडौं उपत्यकामा विप्लवको ८० प्रतिशत बदनामी हुनुमा दर्नालकै हात रहेको र उनको गिरफ्तारीले अब नेत्रविक्रम चन्दको पार्टी शुद्धिकरण हुने चर्चा निस्कासित पत्रकारहरुले गर्न थालेका छन् ।

    १० बर्षको बीचमा दर्नालले दोलखादेखि काठमाडौंसम्मको जोडेको सम्पत्ति बैंकखाताहरु छानबिन गर्ने हो भने करोडमा होइन, अरब नै फेलापर्ने विप्लव माओवादीबाट निकालिएका एक पत्रकार बताउँछन् । ती पत्रकारले भने, पार्टीका सुप्रिमो विप्लवले त छानबिन गरेनन्, तर सरकारले दर्नाललाई पक्राउ गरेपछि अब विप्वल माओवादीमा शुद्धिकरण हुन्छ कि भन्ने आशा पलाएको छ ।  

    संजय अधिकारी र दर्नालको सम्बन्ध अहिले पनि घनिभूत रहेको  छ । संजय अधिकारीले दर्नाल र खड्गबहादुरकै आडमा स्व. चिकित्सक उपेन्द्र देवकोटाकी श्रीमतीको दरबारमार्गमा रहेको घर समेत हडपेको आरोप छ । उक्त घर डा. देवकोटाकी श्रीमतीको भए पनि भाडा संजय अधिकारीले लिंदैआएका छन् । प्रहरी प्रशासनदेखि गुण्डानाइकेसम्म प्रयोग गरी अधिकारीले उपेन्द्र देवकोटाकी श्रीमतीको घर हडपेर भाडा लिने गरेका छन् । त्यसो त संजय अधिकारीले सेना र प्रहरीमा पीपीई सप्लाईको काममा समेत घोटाला गरेको आरोप छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार