Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • पूर्वप्रधानमन्त्रीका छोरामाथि यौनशोषणको आरोप


    सोमबार, बैशाख १७ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडाका छोरा एचडी रेवन्ना र नाति प्रज्वल रेवन्नाविरुद्ध यौनशोषणको आरोपमा एफआईआर दर्ता भएको छ ।

    एचडी रेवन्ना कर्नाटक सरकारमा पूर्वमन्त्री भइसकेका ब्यक्ति हुन् । । प्रज्वल रेवन्ना कर्नाटकको हसन लोकसभा सीटबाट सांसद र जीडिएसका उम्मेदवार हुन् ।

    उनीहरुले घरमा भान्सामा काम गर्ने एक महिलाको उजुरीको आधारमा होलेनारसीपुर प्रहरी चौकीमा उजुरी दर्ता भएको हो । यसअघि सामाजिक सञ्जालमा अश्लील भिडियो भाइरल भएको थियो । त्यसपछि राज्य सरकारले २७ अप्रिलमा एसआईटीलाई अनुसन्धान गर्न आदेश दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार