Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्व अर्थमन्त्री पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारवाही गर्न माधव नेपालको माग


    शनिबार, मंसिर ६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगरमा भएको अभद्र व्यवहारको भत्सर्ना गरेका छन् । 

    ‘हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’, नेता नेपालले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन् । 

    नेता पाण्डेमाथि शनिबार नगरको बैठकमा सहभागी भएर मन्तव्य राखिरहेका बेला अनाधिकृत रूपमा प्रवेश गरेका व्यक्तिहरूले सुनियोजित रूपमा अभद्र व्यवहार देखाउनुका साथै नाराबाजी समेत गरेका थिए । 

    त्यस्तै नेता नेपालले उक्त कार्य गराउने जोसुकै भएपनि छानविन गरी कडा कारवाही गर्न सम्बन्धित सवैको ध्यानाकर्षण गराएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार