Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जापानी संस्थाको सहयोगमा बन्यो इन्द्रावतीमा सामुदायिक भवन


    आइतबार, बैशाख १६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जापानी संस्था ‘ज्याफ्स’को सहयोगमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा सामुदायिक भवन निर्माण भएको छ ।

    ज्याफ्सको आर्थिक सहयोगमा इन्द्रावती गाउँपालिकाको वडा नम्बर १०, बुढीचौरमा सामुदायिक भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि लाल्टीन फाउन्डेसनले जमिन उपलब्ध गराएको थियो । करिब १ करोडको लागतमा निर्माण भएको उक्त भवनको जापानी राजदूत कीकुता युताले मंगलबार उद्घााटन गरेका थिए ।

    उक्त पालिकामा रहेको १२ वटा वडाका समुदायले प्रयोग गर्नेगरी जापानी संस्था ‘ज्याफ्स’ले उक्त भवन निर्माण गर्न सहयोग गरेको हो ।  फाउण्डेशनले उक्त भवन रेडियो संचालन तथा सिन्धुको समग्र जातजाति संग्रहालयका लागि प्रयोग गरिने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार