Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते


    शनिबार, बैशाख ८ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पाल्पा  । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन ।

    जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

    शुक्रबार राती लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो ।

    भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ ।

    सो जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार