काठमाडौं । मोरङ र सुर्खेतमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । मोरङको बुढीगंगा गाउँपालिका– ४ मा भएको मोटरसाइकल दुर्घटनामा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा.६३ प ७२७ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किँदा उनको मृत्यु भएको हो । मृतकको पहिचान खुलिनसकेको प्रहरीको प्रहरीले बताएको छ ।
त्यस्तै आजै सुर्खेतमा मिनिट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० घुस्रामा भे.१ ख १५२८ नम्बरको मिनिट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–११ बस्ने ४२ वर्षीय कृष्ण चौधरीको मृत्यु प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मिनिट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend