Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा


    सोमबार, चैत्र २६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । माओवादी केन्द्रबाट कोशी प्रदेशमा मन्त्री बनेका तीन मन्त्रीले राजीनामा दिएका छन् ।

    राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्की  र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् ।

    सोमबार नै बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।

    कांग्रेसका केदार कार्कीको नेतृत्वमा रहेको प्रदेश सरकारलाई ढल्ने रणनीति अनुसार माओवादी केन्द्र सरकारबाट बाहिरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार