Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० दिनपछि पुनः बस्नेगरी सचिवालय बैठक सम्पन्न


    बुधबार, मंसिर ३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक १० दिनपछि पुनः बैठक बस्नेगरीसम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।  

    नेकपाको सचिवालयका ५ सदस्यले निृर्णय गरी आजको बैठक राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन फिर्ता नभएसम्म सचिवालय बैठकमा भाग नलिने अडान राखिरहेका थिए । तर राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको सचिवालय बैठकमा सहभागी भएका छन् । र, अर्को बैठक १० दिनपछि राख्ने निर्णय गरी सम्पन्न भएको छ । सचिवालय बैठकपछि १० दिनसम्मका लागि नेकपाको विभाजन टरेको छ ।

    चिनियाँ राजदूत होउ यान्छीले मंगलबार प्रधानमन्त्री र बुधबार बिहान राष्ट्रपतिसहितका नेताहरुलाई भेटेपछि प्रधानमन्त्री ओली सचिवालय बैठकमा जान बाध्य भएको चर्चा राजनीतिक बृत्तमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार