Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामाजिक सञ्जालबाट अफवाह फैलाउने दुई जना पक्राउ


    बिहिबार, चैत्र २७ २०७६
    935
    Shares
  • १ मिनेट पाठ
  •  
     काठमाडौं, २७ चैत   ।  प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरु विरुद्ध सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाउने कार्यमा संलग्न २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 
        पक्राउ पर्नेहरुमा खोटाङ ऐसेलुखर्क गाउँपालिका(१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलान्चोक पनौती नगरपालिका(५ ठेगाना भएका ४६ वर्षीय राम कुमार रघु श्रेष्ठ रहेका छन् । 
        
        उनीहरु उपर विद्युतीय कारोबार ऐन, २०६३ विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने “विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनि रोक लगाएका सामग्रीहरु” प्रकाशन गरेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार