Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २७ निर्माण कम्पनी कालोसूचीमा


    सोमबार, चैत्र १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।

    कार्यालयले २७ वटा कम्पनीहरुलाई कालोसूचीमा राख्न लागेको हो । यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्ने संस्थाले एक सुचना जारी गर्दै जनाएको हो । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ ।

    यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो । तर सो अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो । यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ ।

    कालोसूचीमा राख्न सिफारिस भएका कम्पनीहरु

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार