Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सचिवालय बैठक सार्ने ओलीको प्रस्ताव मानेनन् प्रचण्डले


    मंगलबार, मंसिर २ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद बढ्ने क्रम रोकिएको छैन । पछिल्लो समय सचिवालय बैठक सार्नको लागि  अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् ।

    बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्न महासचिव विष्णु पौडेलमार्फत गरेको प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गरेका हुन् । बैठक सार्ने ओलीको प्रस्ताव बोकेर मंगलबार बिहान अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगेका महासचिव पौडेललाई प्रचण्डले बैठकमै छलफल गर्ने भन्दै अस्वीकार गरेका हुन् । 

    अर्थमन्त्री समेत रहेका पौडेलले प्रचण्डसँगको भेटमा समस्या समाधान गरेर मात्रै बैठक बस्न उपयुक्त हुने ओलीको सन्देश सुनाएका थिए । तर प्रचण्डले भने बैठक सार्ने विषय पनि सचिवालयबाटै निर्णय गर्नुपर्ने विचार राखेका छन् । 

    यस्तैगरी प्रचण्ड समूहका सचिवालय सदस्यहरुले स्थायी समिति बैठक बोलाउने तयारी समेत गरेको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार