काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री आज खुमलटार पुगेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नका लागि उनी गएका हुन् । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर उनी गएका उनी फर्किइसकेका छन् ।
पछिल्लो समय नेकपामा बढिरहेको विवाद उग्र रुप लिएको छ । विशेषगरी ओली समूहको पेल्दै अघि बढ्ने नीति र प्रचण्ड-माधव नेपाल समूहको बहुमतको घेराबन्दीमा पार्ने रणनीतिका कारण विवाद बढेको बुझिएको छ ।
सचिवालय बैठकमा प्रम ओली र अध्यक्ष प्रचण्डको प्रस्तावपछि विवाद झन् बढेको हो । १९ पृष्ठ लामो सो प्रस्ताव फिर्ता भएपछि मात्रै मंसिर ३ गते निर्धारित पार्टी केन्द्रीय सचिवालय बैठक बस्ने ओली समूहको अडान छ ।
तर ओली इतर समूह भने त्यो प्रचण्ड एक्लैको प्रस्ताव नभइ सामूहिक प्रस्ताव रहेको बताइरहेका छन् ।
आजको पौडेल-प्रचण्ड भेटमा पनि यही विषयमा कुराकानी भएको बताइएको छ।
पछिल्लो समय प्रम ओलीले वामदेव गौतम र माधव नेपाललाई आफ्नो समूहमा ल्याउनका लागि आग्रह गरेपनि दुबै नेताले ओलीलाई कार्यशैली सच्याएर अघि बढ्न सुझाव दिएका छन् ।
बुधबार तोकिएको बैठक अघि पौडेल खुमलटार अर्थपूर्ण रुपमा हेरिएपनि विवाद समाधान सम्भावना अझै पर रहेको खुमलटार स्रोतले बताएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend