काठमाडौं । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका हाकिम डिल्लीराज लम्सालले खाद्यान्न ढुवानीदेखि धान खरिदमा किसानमारा काम गरेर करोडौं अनियमितता गरेको उजुरी परेको छ । ७ फागुन, २०८० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा परेको उजुरीमा डोल्पामा कार्यरत रहँदा उनले खाद्यान्न ढुवानीमा अनियमितता गरेका सबै फेहरिस्त नै उल्लेख गरिएको छ ।
२०४५ सालमा नेपाल खाद्य संस्थानको खरिदारमा प्रवेश गरेका लम्सालको घर परिवारको आर्थिकस्तर सामान्य रहेको भए पनि अहिले उनी करोडौका मालिक भएको बारेमा छानबिन गरेमा उनले ढुवानीमा गरेको अनियमितता र किसानलाई कसरी नोक्सान पारी लाभ लिएका रहेछन् भन्ने स्पष्ट हुने उजुरीमा उल्लेख छ । वनस्तर निम्न स्तरको रहेको वुझिएको थियो ।
उजुरीमा उल्लेख छ–२०४५ सालमा खाद्य संस्थानको डोल्पामा स्टोरकिपरमा खटिएदेखि नै उनले छिटो धनी हुने बाटो रोजेको देखिन्छ । त्यतिबेला नेपालगंजदेखि खच्चरबाट ढुवानी हुने चामललाई डोल्पा दुनैमा नपु¥याई ठेकेदारलाई बाटोमा वेच्न लगाउने योजना वनाएका थिए । ढुवानी अनुदानको चामल तराईमा भन्दा डोल्पाको दर सस्तो मूल्यको हँुदा तराईमा बेच्दा उल्टै नाफा हुने हुँदा वेचेको चामलवाट विक्री मूल्य जम्मा गर्ने र आफू स्टोरकिपर भएकाले विक्रीको राजश्व देखाई गोदाम दाखिलाको माल प्राप्ति बनाई ढुवानी ठेकदारलाई कागजपत्र मिलाएर पठाई दोहोरो लाभ लिन थाले ।
२०४५ मा नेपालगंजवाट डोल्पाको ढुवानी भाडा न्यूनतम रु. २ हजार ५ सयदेखि ३ हजार प्रतिक्वीन्टल रहेको थियो । चामल ढुवानी नगरी मिलाएको कागजातवाट ठेकेदारलाई नेपालगंजमा ढुवानी भाडा वुझ्न लगाई आधा आधा गरी उनले खरिदार हुँदै कमाउधन्दा संचालन गरे । सानै उमेरमा जागिरको केही वर्षमा कमाउ धन्दामा लागेका र पल्केका लम्साल जागिरमा कहिले पोखरा स्याङ्जा दैलेखमा कार्यरत रहँदै अधिकृत भएपछि २०६२ सालमा डोल्पाकै हाकिम भए । हाकिम हुँदा उनलाई अझ सजिलो भयो ।
चामल ढुवानी नगराई कागजपत्र मिलाउने अनुभव र कला यिनलाई पहिला नै थाहा थियो । उनी हाकिम हुँदा डोल्पामा ३० औं हजार कोटा थप्न लगाए कोटाको ४० प्रतिशत नेपालगंज र दाङमा बेच्न लगाई ढुवानी भाडामा लाखौं लाख भ्रष्टाचार गरेका छन् ।
डोल्पामा उनले गरेको भ्रष्टाचार जन्यकार्यको व्यवस्थापनले थाहा पाएर कारवाही स्वरुप २०६४ सालमा प्रधान कार्यालय विक्री वितरण विभागमा सरुवा भयो । तर माथिल्ला हाकिमलाई सेटिङ गरी कारबाहीबाट बचे । विभागमा रहँदा पानीविनाको माछा जस्तै छटपटाएका उनी पुनः २०६७ सालमा तत्कालीन भ्रष्ट व्यवस्थापनलाई लाखौ नजराना वुझाएर पुनः डोल्पा नै प्रमुख भएर गए । यसरी अधिकृत जस्तो कर्मचारी सुगमका तमाम कार्यालय प्रमुख हुने स्थान हुँदाहुँदै पुनः फर्कीफर्की डोल्पा जानुको कारण ढुवानीमा गडबडी गर्ने र अकूत लाभ लिनकै लागि थियो ।
डोल्पामै कार्यरत रहँदा बढुवा आठौं तहमा बढुवा भएका डिल्लीराज लम्साल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तत्कालीन अंचल कार्यालय धनगढीमा २०७१ सालमा अञ्चल प्रमुख भएर गएपछि त्यस कार्यालयमा गरेका भ्रष्टाचार र किसानमारा कार्य त बयान नै गरी साध्य छैन । उजुरीमा उनले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेकाले छानबिन गर्न माग गरिएको छ ।
गरिब जनताका लागि सरकारले पठाएको चामल नेपालगंजमै बिक्री गरेको, ढुवानी भाडामा अनियतता गरेकोबारेमा लम्सालले भने–‘यी सब कुरा गलत हुन् । कम्पनीमा केही गुण्डा जस्ता कर्मचारीहरु छन्, उनीहरुका बिरुद्ध पनि समाचार छाप्नुुस् । जो काम नगर्ने र काम गर्नेहरुका बिरुद्ध उजुरी हाल्दै हिंड्छन् ।’
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend