Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल सम्बत् देशको मौलिक सम्बत्ः शहरी विकासमन्त्री श्रेष्ठ


    सोमबार, मंसिर १ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  •  भक्तपुर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्बतलाई नेपालको नयाँ सम्बतको रुपमा थालनी गर्नुपर्ने बताउनुभएको छ ।  नेपाल सम्बत् ११४१ को अवसरमा मध्यपुर थिमीमा  राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यापर्ण गर्दै उहाँले नेपालको आफ्नै सम्बत्को रुपमा नेपाल सम्बत् प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।

       सबै जाति र भाषाभाषीको अपनत्व हुनेगरी नेपाल सम्बत्लाई प्रचलनमा ल्याउनुपर्ने धारणा राख्दै उहाँले सबैले नेपाल स्म्बतलाई  नेपालीले कामकाजमा समेत प्रयोग गर्नुपर्ने बताउनुभयो ।

     शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गराउनेदेखि टिकट प्रकाशनसंगै नेपाल भाषा उत्थान नेपाल सम्बत् मनाउन महत्वपूर्ण भूमिका खेल्ने पूर्वमन्त्री एवं मानवअधिकारवादी नेता स्वर्गीय पदमरत्न तुलाधरको योगदानको चर्चा गर्दै मन्त्री श्रेष्ठले उहाँको सम्झनामा सरकारले रत्नपार्कमा शालिक स्थापना गर्ने अन्तिम तयारी गरेको जानकारी गराउनुभएको छ ।

    नेपाल सम्बत् र न्हुदया भिन्तुनाको हरेका कार्यक्रममा अंग्रपंक्तिमा खटिने नेता तुलाधरको योगदानलाई कसैले पनि बिर्सन नसक्ने बताउनुभयो । उहाँले मंसिर ६ गते रत्नपार्कको नाम शंखधर साख्वा पार्क नामाकरण गरी पार्क परिसर्मा साख्वा र तुलाधारको पूर्णकदको शालिक अनावरण गरिने जानकारी दिनुभयो ।

      गरिब नेपालीको ऋणमोचन गर्ने शंखधर साख्वा ले गरेको योगदानको कदर गर्दै उहाँले शुरुवात गर्नुभएको नेपाल सम्बत्लाई सबैले प्रयोग गर्नुपर्ने उँहाको भनाइ थियो ।

      प्रतिमा माल्यापर्ण कार्यक्रममा बोल्दै पुर्वमन्त्री एवं नेपाली काग्रेसका सांसद भीमसेनदास प्रधानले कामकाजको भाषाको रुपमा नेपाल सम्बत्लाई प्रयोगमा ल्याउनुपर्ने बताउनु्भयो । उहाँले भन्नुभयो–अहिले त नेपाल सम्बत् नेवार समुदायले मात्र मानेको जस्तो भएको छ । सबैको अपनत्व हुनेगरी यस्लाई व्यापक बनाउनुपर्छ ।

     न्हुदया भिन्तुना र नेपाल सम्बत् मूल समिति गठन गर्दा नेवार बाहेकका जातिलाई पनि समेट्नुपर्ने बताउँदै उहाँले भन्नुभयो–नेपाल सम्बत् सबै नेपालीको सम्वत् हो, अहिलेसम्म किन नेवारको मात्र देखिएको छ ? त्यसैले यसलाई सरकारले राष्ट्रिय पर्वको रुपमा मान्यता दिन नसकेको हुनसक्ने भन्दै आगामी वर्ष नेपाल सम्बत मनाउदा विषयमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो ।

       फरक प्रसंगमा उहाँले अहिलेको सरकारले पूर्णरुपमा ५ वर्ष चलाउनुपपर्ने धारणा राख्दै भन्नुभयो– नेकपाको दुई तिहाई सरकारले पाँच वर्ष सरकार चलाउनैपर्छ । २००७ सालदेखि कुनै पनि दलले ५ वर्षसम्म शासन चलाउन नसकेको बताउँदै यो सरकारले अब ५ वर्ष पूरै शासन चलाउनुपर्छ भन्नुभयो । 
    पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले आजको दिनलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्ने धारणा राख्नुभयो ।  

    उहाँले भक्तपुरमा तयार हुन लागेको स्मार्ट सिटीको नाम संखधर साख्वा राख्नुपर्ने, शंखधर साख्वा को योगदानलाई कदर गर्दै उहाँले शुरु गर्नुभएको नेपाल सम्बत्लाई सरकारी भाषाको रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

       कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा प्रतिमा सहित पार्क, सोध र अनुसन्धान गर्न पुस्तकालय र सूचना केन्द्र स्थापना गरिएको बताउनुभयो ।

     उहाँले भन्नुभयो–नेपालीलाई ऋणमुक्त गर्ने किसान साख्वाको योगदानलाई सरकारले पूर्णरुपमा कदर गर्न सकेको छैन, आगामी दिनमा नेपाल सम्बत् शुरु भएको  दिनलाई राष्ट्रिय पर्वको रुपमा मानेर नेपालभर मनाउनुपर्छ ।

    shankhadhar 1.jpg

      कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, उपाध्यक्ष ज्ञानराम श्रेष्ठलगायतले नेपाल सम्बत्का संस्थापक साख्वाको योगदानको चर्चा गर्नुृभएको थियो । मन्त्री श्रेष्ठले निर्माणाधीन शंखधर साख्वा पार्कको अवलोकन समेत गर्नुभएको थियो ।

       कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्बत ११४१ र न्युदया भिन्तुनाको शुभकामना  सन्देश पठाउँदै  राष्ट्रिय विभूति साख्वा र उहाले स्थापना गर्नुभएको नेपाल सम्बतले नेपालीको पहिचान बनाउन सफल भएको उल्लेख गरिएएको थियो ।

    नेपाल सम्बत् ११४१को अवसरमा काठमाडौ र ललितपुरमा पनि विविध कार्यक्रम आयोजना गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार