Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म नेकपाको बैठक बस्दैनः थापा


    आइतबार, कार्तिक ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा दुई अध्यक्षको पत्र आदानप्रदानले ठूलो दरार पैदा गरेको छ । नेकपा एकतापछिकै ठूलो संकटमा पुगेको छ । पार्टी सचिवालयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने र नपर्ने बिषयमा नेतामात्र होइन, तल तलका कार्यकर्ता तहमै बहस हुन थालेको छ ।

    पार्टीका दोस्रो तहका नेताहरु फिर्ता लिने र नलिने पक्षमा आ आफ्ना तर्क गरिरहेका छन् । प्रचण्डको प्रस्ताव फिर्ता नलिएसम्म पार्टीको बैठक होइन, संवादको ढोकासम्म नखुल्ने प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको तर्क छ । तर प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु भने राजनीतिक प्रस्तावमा मात्र होइन, दुवै अध्यक्षले लेखेको पत्रका बिषयमा समेत छलफल हुनुपर्ने भनिरहेका छन् ।

    नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डको प्रस्ताव फिर्ता नलिएसम्म संवाद समेत नहुने प्रष्ट पारेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो । यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन ।

    पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार