काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको बताए ।
एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिती रहेको, बैंकहरुमा लगानी योग्य रकम (तरलता) पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ रेकर्ड कायम हुनुले आगामी दिनमा नेपाली अर्थतन्त्रको भविष्य राम्रो रहेको संकेत दिने उनको भनाइ थियो ।
‘गत वर्ष ७ महिनाका लागि मात्र धान्ने विदेशी मुद्राको सञ्चिती हुँदा ऋंलका हुन्छ भनिएको थियो । सरकार सञ्चालन गरिहरेको राजनीतिक नेतृत्वले त्यतिबेला हामी ऋलंकाको बाटोमा छैनौं भनेर आस्वस्त पारेको थियो’, पुनले भने, ‘बैंकिङ तरलता बढेर बैंकहरु लगानीको क्षेत्र खोजिरहेका छन् ।’ यद्यपि अर्थतन्त्रमा केही शिथिलता भने रहेको उनले स्वीकार गरे । विकसित भनिएका र नेपालभन्दा विकास र अर्थतन्त्रमा धेरै अगाडि बढिसकेका संसारका कुनै पनि मुलुक समस्यारहित नरहेको चर्चा गर्दै पुनले नेतृत्वले संकटकै समयमा आफ्नो क्षमता र आत्मविश्वास देखाउनुपर्ने उल्लेख गरे । पूर्ववर्ती अर्थमन्त्रीहरुबारे नकारात्मक टिप्पणी नगर्ने बताएका मन्त्री पुनले उनीहरुले अघि सारेका राम्रा र साकारात्मक नीतिहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
फरक प्रसंगमा उनले पछिल्लो समय धितोपत्र बजारमा सकारात्मक संकेत देखिएको बताए । मन्त्री पुनले ६० लाख जनसंख्या संलग्न धितोपत्र बजारमा सुधारका लागि आफूले सरोकारवालासँग सुझाव मागेको र सुझावहरु प््राप्त भइरहेको जनाए । विगतमा अर्थतन्त्र संकटमा रहेका बेला लिइएका कतिपय नीतिमा खुकुलो बनाउने गरी मन्त्रालय र नियामक निकायबीच छलफल चलिरहेको जानकारी मन्त्री पुनले दिए ।
नेपालमा चर्चाका लागि धेरै सकारात्मक विषय भए पनि नकारात्मक पक्षका बारेमा मात्र बढी चर्चा हुने गरेको टिप्पणी उनले गरे । नेपाल मानव विकास सूचकाकंमा विश्वका कतिपय विकसित मुलुकको हाराहारी र दक्षिण एसियामा सबैभन्दा अगाडि भएको विश्वव्यापी रिपोर्ट सार्वजनिक भइरहँदा पनि नेपालमा केही छैन, केही हुँदैन भन्ने हल्ला गरिनु दुःख रहेको बताए । ‘राम्रोलाई राम्रो भनेर बाँकी सुधारमा लाग्नुपर्नेमा निराशा बाँड्ने काम धेरै भयो’, पुनले भने । यद्यपि राजनीति, राजनीतिज्ञ, कर्मचारी तन्त्र, न्यायालय तथा सामाजिक जीवनका अरु क्षेत्रहरुले आफूबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने मन्त्री पुनले बताए ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend