Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • सुन तस्करी र दोषीलाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउँछु : गृहमन्त्री लामिछाने


    बिहिबार, चैत्र १ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी र यस प्रकणमा जोडिएकालाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।

    सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार बुझाएको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणको दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने बताए ।

    छानबिन समितिको प्रतिवेदनअनुसार दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।

    सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क भएका कर्मचारी र प्रहरीबारेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट आयोगले अध्ययन गरेको थियो । सुन तस्करी प्रकरणमा सीआईबीले कागज गराएर छाडेका २१ जनालाई आयोगले बयान गराएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार