काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट गर्न उनकै निवास कोटेश्वरमा पुगेका छन् । देउवा बुधबार बिहान कांग्रेसका नेता रमेश लेखकलाई लिएर नेपाल निवासमा पुगेका हुन् ।
भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । सभापति देउवाले एमाले र माओवादीबाहेकको गठबन्धन बनाउनेबारेमा छलफल गरेका थिए । एमाले–माओवादी बाहेकको गठबन्धनको प्रधानमन्त्री नै पनि माधव नेपाललाई बनाउने चर्चा पनि भइरहेको छ ।
एमाले–माओवादी गठबन्धनमा सहभागी भएको रास्वपाले गृहमन्त्रीमा दाबी गरेकाले मन्त्रालय भागबण्डा मिल्न सकेको छैन । जसपाका उपेन्द्र यादव पनि सन्तुष्ट नभएका कुराहरु आइरहेका छन् । नेपाली कांग्रेस, रास्वपा, नेकपा एस, राप्रपा, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा लगायतका दलहरु मिलेमा बहुमत पुग्छ ।
संघमा एमाले–माओवादीको सरकार भए पनि नेकपा समाजवादी प्रतिपपक्षमा बस्दा बागमती प्रदेशमा नेकपा समाजवादीले मुख्यमन्त्री पाउनसक्छ । नेपाली कांग्रेस, राप्रपा र नेकपा समाजवादी मिल्दा बागमतीमा बहुमत पुग्छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend