काठमाडौं । नयाँ सत्ता गठबन्धनका नेताहरु नेकपा (एकीकृत समाजवादी)लाई पनि सरकारमा सहभागी गराउन उक्त पार्टीको नेतृत्वलाई फकाउन तल्लीन छ ।
नेकपा समाजवादी प्रतिपक्षमा बस्दा नेपाली कांग्रेसले अर्को गठबन्धन बनाउने त्रास नेकपा एमाले र माओवादी गठबन्धनलाई छ । त्यहीकारण सोमबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । मंगलबार एमाले अध्यक्ष केपी ओली पनि कोटेश्वर पुगेर नेपाललाई सरकारमा आउन आग्रह गरेका छन् ।
अध्यक्ष नेपालको निवासमा मात्र होइन, प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग पनि वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान नेता खनालसँग प्रधानमन्त्रीले भेटेका छन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबीच छलफल भएको बताइएको छ ।
नेकपा समाजवादीले पछिल्लो राजनीतिक घटनाक्रमबारे निर्णय लिन आज पार्टीको बैठक बोलाएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend