Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • पुलिसलाई हराउँदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा


    मंगलबार, फाल्गुन १५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

    मंगलबार सम्पन्न खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

    मछिन्द्रको जितमा क्रिस्टोफर चिजोबाले २ गोल गरेका थिए भने स्टेफेन बिनोंगले एक गोल गरेका थिए । त्यसैगरी पुलिसका कप्तान रामचन्द्र वाजीले एक गोल आत्मघाती गोल गरेका थिए ।

    यस खेलमा खेलको ९३औं मिनेटमा मछिन्द्रका ओमोलाजा करीमले रातो कार्ड पाएका थिए । अब सेमिफाइनलमा मछिन्द्रले मानेभन्ज्याङ एफसीको सामना गर्ने छ । सेमिफाइनल खेल बिहिबार हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार