Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अन्तत: बोलाइयो नेकपा सचिवालय बैठक


    बिहिबार, कार्तिक २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक अन्तत: बोलाइएको छ । बैठक भोलि दिउँसो ४ बजेको लागि बोलाइएको हो ।

    यसअघि बहुमत सदस्यले लिखित रुपमै सचिवालय बैठक माग गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरिरहेका थिए । सचिवालय बैठकमा अल्पमतमा रहेका कारण ओलीले बैठक बोलाउन नचाहेका हुन् ।

    तर नेकपाको विवाद चर्किदै गएपछि दबाब झेल्न कठिन भएका ओलीले पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत शुक्रबार सचिवालय बैठक बोलाएका हुन्। उनले शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने सचिवालय सदस्यहलाई जानकारी दिएका छन्।

    आज पनि बैठक नबोलाएको खण्डमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैं नै बैठक बोलाउने तयारी गरिरहेका थिए । पार्टी भित्रका अन्य सदस्यबाट पनि दबाब आएपछि भने  प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाउन पुगेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार