Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • धुम्बाराहीमा बैठक सुरु हुन अघि ओली-प्रचण्डबीच भेट


    मंगलबार, कार्तिक २५ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

    प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो बालुवाटार पुगेका हुन्। अध्यक्ष प्रचण्डले धुम्बाराहीमा आफू सचिवालयका पाँच जना सदस्यलाई छलफलका लागि बोलाएका छन्। अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच आज पार्टी मुख्यालयमा छलफल हुँदैछ। 

    सचिवालयका बहुमत सदस्यले प्रम ओलीलाई सचिवालय बैठक बोलाउन दिएको ४८ घण्टे अल्टिमेटम सोमबार सकिएको थियो । दिएको समससीमामा बैठक नबोलाए आफ्नै हिसाबले अघि बढ्ने तयारी भएको थाहा पाएसँगै ओलीले आफ्नो सन्देश पठाउँदै कठोर कदम नचाल्न आग्रह गरिरहेका थिए।

    आजको बैठकले सचिवालय बैठक नबोलाएका ओली विरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ने एक सचिवालय सदस्यले बताएका छन् । 

    नेकपाभित्र कर्णालीमा प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव, राजदूत नियुक्तिका लागि सिफारिसको निर्णय, मन्त्रिपरिषद् विस्तार,  भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीको भेट लगायतका विषयलाई लिएर विवाद चर्किएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार